काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ कसुर अन्तर्गत दिपक भट्टसँग जोडिएको मुद्दामा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका ७ सिफलबाट बिहीबार पक्राउ गरेको हो।
जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए ।


















