नेदरल्याण्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ, कप्तान पौडेल तीन रनमा आउट

नेदरल्याण्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ, कप्तान पौडेल तीन रनमा आउट

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि नेपाली कप्तान रोहितकुमार पौडेल सस्तैमा आउट भएका छन्।

उनले आज १२ बलमा तीन रन मात्र जोडे। यस्तै, आसिफ शेखले १४ र कुशल भुर्तेलले ९ रन बनाए।

नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।

Logo