काठमाडौं । सामाजिक अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार काठमाडौंको जोरपाटी क्षेत्रबाट केसीलाई नियन्त्रणमा लिएको हो।
साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरिका अनुसार गाली–बेइज्जती गरेको तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणम लिइएको हो ।
केसीले विभिन्न सामाजिक सञ्जालमार्फत हिन्दु तथा सनातन धर्मभित्र रहेका आफूले देखेका विकृतिविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी थिइन्।




















