काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।
नेपालले पाँचौं विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो। उनले आज ४२ बलमा २१ रन जोडे।
नेपालले चौथो विकेटको रूपमा ईशान पाण्डेलाई गुमायो। उनले आज १० बलमा चार रन मात्र बनाए।
यस्तै, कप्तान रोहित पौडेलले आज १२ बलमा तीन रन मात्र जोडे। आसिफ शेख १४ र कुशल भुर्तेल ९ रनमा आउट भए ।
नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। नेपालले ३० ओभरको खेल सकिँदा महत्वपूर्ण ५ विकेट गुमाएर ९० रन बनाएको छ।
जारी सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।




















