नेपालको फेरि कमजोर ब्याटिङ, नेदरल्याण्ड्सविरुद्ध पनि १५७ रनमा अलआउट

नेपालको फेरि कमजोर ब्याटिङ, नेदरल्याण्ड्सविरुद्ध पनि १५७ रनमा अलआउट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध पनि नेपाल १५७ रनमै अलआउट भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोली नेदरल्याण्ड्सविरुद्ध ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको हो।

नेपालका लागि आरिफ शेखले ९० बलमा चार चौकासहित सर्वाधिक ४२ रन बनाए। नेपालले आठौँ र नवौँ विकेटको रूपमा सन्दीप लामिछाने र ललित राजवंशीलाई शून्य रनमै गुमायो।

नेपालले सातौं विकेटको रूपमा सोमपाल कामीलाई गुमायो। उनले आज १५ बलमा एक चौकासहित १० रन मात्र बनाउन सके।

नेपालले छैटौँ विकेटको रूपमा गुलशन झालाई गुमायो। उनले ४२ बलमा दुई छक्का र एक चौकासहित २९ रन जोडे।

नेपालले पाँचौं विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो। उनले आज ४२ बलमा २१ रन जोडे।

नेपालले चौथो विकेटको रूपमा ईशान पाण्डेलाई गुमायो। उनले आज १० बलमा चार रन मात्र बनाए।

यस्तै, कप्तान रोहित पौडेलले आज १२ बलमा तीन रन मात्र जोडे। आसिफ शेख १४ र कुशल भुर्तेल ९ रनमा आउट भए ।

नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। जारी सिरिजको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध ८ विकेटले पराजित भएको थियो।

Logo