काठमाडौँ, कात्तिक, ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । "/>

१४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, कात्तिक, ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजस्व रकम आम्दानी रसिद नकाटी हिनामिना गरेको अभियोगमा बुधबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो । वडा सचिव सुवेदीले सरकारलाई हानि नोक्सानी पु¥याउने गरी ४ लाख ३२ हजार २१० रुपियाँ भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दर्ता गरेको हो । वि.सं. ०७१ मङ्सिर २५ देखि ०७२ चैत ३० सम्म वडा सचिव सुवेदीले उक्त रकम हिनामिना गरेको दाबी अख्तियारको छ ।  सुवेदीले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १७ बमोजिम कसुर गरेको आरोप लगाउँदै अख्तियारले हिनामिना रकम बराबरको बिगो दाबी गरेको छ । सुवेदी विरुद्ध बिगो बमोजिम जरिवाना र कैद सजायँको पनि माग गरिएको छ ।  यसै बीच अख्तियारले कैलालीको भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि जैसीले विद्यालयको रकम हिनामिना गरेको आरोपमा बुधबार नै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले जैसी विरुद्ध १ लाख ४८ हजार रुपियाँ बिगो दाबी गरेको छ । बिगो बमोजिमको जरिवाना र कैद सजायँको पनि अख्तियारले माग गरेको छ ।

यसैगरी अख्तियारले बुधबार नै मालपोत कार्यालय धादिङका तत्कालीन प्रमुख सहित १० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले धादिङका तत्कालीन प्रमुख मालपोत अधिकृत शङ्करप्रसाद भेटवाल, मालपोत अधिकृत कुशध्वज खत्री, शाखा अधिकृत रामकृष्ण खत्री, नायब सुब्बा नेत्रराज जोशी, नायब सुब्बा जयबहादुर खड्का, नायब सुब्बा मुकुन्दराज पाण्डे, खरिदार राधाकृष्ण नेपालविरुद्ध मुद्दा दर्ता गरेको हो ।  यस्तै नापी कार्यालय धादिङका तत्कालीन अमिन भीमप्रसाद श्रेष्ठ, सर्वेक्षक विश्वकुमार बस्नेत, सर्वेक्षक रवीन्द्रनाथ ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको छ । किर्तेमा संलग्न जग्गाधनी भनिएका लीलाबहादुर श्रेष्ठ र प्रदीप अधिकारी विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।
गोरखापत्रबाट

Logo