सप्तरी, ३०, कात्तिक
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । "/>

आचार संहिताको पूर्ण पालना गर्न आग्रह

आचार संहिताको पूर्ण पालना गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

सप्तरी, ३०, कात्तिक
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको आचारसंहिता उल्लंघन विषयको छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले निर्वाचन अवधिमा कुनै राजनीतिक दल वा कसैले आचारसंहिता विपरित कार्य नगर्न र नगराउन आग्रह गरे।

उनले सप्तरीको राजविराज नगरपालिका लगायत जिल्लाको विभिन्न ठाउँमा राजनीतिक दलबाट पोस्टर, पम्पलेट टाँसिएको छ भने अविलम्ब हटाउन सबैलाई अपिल गरे । सो अवसरमा प्रजिअ भागिरथ पाण्डेले राजविराजको मुख्य चोकमा आचारसंहिता विपरित राजनीतिक दलले चुनावप्रचार प्रसारका लागि सार्वजनिक ठाउँमा टाँसिएको पोस्टर र पम्पलेट हटाउने कार्य शुरु गरिएको जानकारी दिँदै निर्वाचनमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा व्यवस्था एकदमै कडा पारिएको बताएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका सुरक्षा प्रमुख र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको र उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधली रहित बनाउनुपर्नेमा जोड दिएका छन् ।
रासस

Skip This
Skip This
Logo