काठमाडौं । एक महिनादेखि जारी युवा आन्दोलनको दबाबपछि भारत सरकार पहिलोपटक आन्दोलनकारीको माग सम्बोधन गर्न बाध्य भएको छ।
आन्दोलनरत युवा तथा कक्रोच जनता पार्टीले उठाउँदै आएका मागमध्ये एक प्रमुख मागअनुसार भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ।
नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थीहरूले लामो समयदेखि दिल्ली केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरूले परीक्षाको पारदर्शिता, दोषीमाथि कडा कारबाही र विद्यार्थीको भविष्य सुनिश्चित गर्न सरकारसँग माग राख्दै आएका थिए।
आन्दोलन चर्किँदै गएपछि सरकारमाथि राजनीतिक तथा सामाजिक दबाब बढेको थियो। विद्यार्थी र युवा समूहहरूले निरन्तर प्रदर्शन गर्दै शिक्षा प्रणालीमा सुधार र जिम्मेवार निकायमाथि जवाफदेहिताको माग गरेका थिए।
शिक्षामन्त्रीको राजीनामालाई आन्दोलनकारीले आफ्नो दबाबको प्रारम्भिक सफलताको रूपमा लिएका छन्।




















