मन्त्री घटे पनि नियुक्ति र खर्च घटेको छैन, राज्यमाथि आर्थिक बोझ थपियो : महेश बस्नेत

मन्त्री घटे पनि नियुक्ति र खर्च घटेको छैन, राज्यमाथि आर्थिक बोझ थपियो : महेश बस्नेत

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विस्तार गरेको सचिवालयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना सदस्य राखिएको भन्दै सरकारको खर्च व्यवस्थापनमाथि प्रश्न उठाएका हुन्।

बस्नेतले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा ११ जना मात्र रहेको उल्लेख गर्दै अहिलेको संख्या अत्यधिक भएको दाबी गरेका छन्। उनले सरकारलाई मितव्ययी बनाउने दाबी गरिए पनि व्यवहारमा भने राज्यकोषमाथि थप आर्थिक भार सिर्जना भएको आरोप लगाए ।

बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, ‘गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सल्लाहकार ११ जना थिए, अहिले बालेन प्रधानमन्त्री हुँदा २७ जना पुगेछन्।’

उनले सानो मन्त्रिपरिषद् बनाएर खर्च घटाएको प्रचार गरिए पनि नियुक्ति र सुविधाको संख्या भने नघटेको बताएका छन्।

Logo