क्यानडाको प्रसंग ।
एक दम्पतीले घरको आँगनमा जमिनमुनि दश हजार स्क्वायर फिट चौडा सुरुङ बनाएका छन् ।
उनीहरुले यसको कन्स्ट्रक्सन १९८० मा सुरु गरेका थिए । र, दुई वर्षअघि बनाइसकेका छन् ।
उनीहरुले यो सुरुङ ४२ वटा स्कुल बसको सहयोगले बनाएको बताइन्छ ।

उनीहरुले युद्धको बेला सुरक्षा लिनका लागि यो सुरुङ बनाएको बताइएको छ । यसको नाम उनीहरुले ‘आर्क टु’ राखेका छन् । ब्रुस र उनकी पत्नी जीनले १२ हजार ६ सय डलरमा स्कुल बस खरिद गरेर घरको आँगनमा सुरुङ बनाएको बताइन्छ ।
यस सुरुङमा तीन सय पचास जना रहन सक्छन् । त्यहाँ एउटा रिसेप्सन छ । डेन्टिस्ट चेयर छ । खेल्नका लागि केही गेम्स छन् । सेक्युरिटी मिटर्स छन् । खानाका लागि केही फुड आइटम्स छन् । एकसाथ यहाँ तीन सयभन्दा बढी मानिस बस्न सक्छन्. ।

एजेन्सी































प्रतिक्रिया