नुवाकोट , २९, कात्तिक
नुवाकोटबाट पटक—पटक चुनाव जितेका उम्मेदवारलाई यस पटक चुनौति देखिएको छ । बाम गठबन्धन बनेकाले पहिलेको विरासत जोगाउन खासगरी कांग्रेस उम्मेदवारलाई कठिन देखिएको छ । ०५१, ०५६ ०६४ र ०७० साल गरी चार पटक नुवाकोटबाट सांसद बनेका डा. रामशरण महत पहिले भन्दा अहिले निर्वाचनको प्रचार प्रसारमा बढी कसिनु परेको छ । नुवाकोट क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. महत छ पटक अर्थ मन्त्री र एक पटक पराराष्ट्र मन्त्रीको जिम्मेवारी समालीसकेका व्यक्ति हुन् । उम्मेदवार छनोट ढिलो भएकाले प्रचारका लागि समय कम भएको तथा बाम गठबन्धन मिलेर लागेका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सहज नभएको डा. महत स्वीकार्छन ।
यता क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रिएका अर्का कांग्रेस नेता अर्जुन नरसिंह केसी पनि निर्वाचन प्रचारमा राम्रैसँग खटिएका छन् । स्थानिय विकासका मुद्धा देखि राष्ट्रिय राजनीतिका मुद्धा लिएर घरदैलो गरिरहेका उनी बाम गठबन्धनका कारण यस पटकको निर्वाचन बढी प्रतिस्पर्धात्मक बनेको स्विकार्छन् । क्षेत्र नं १ मा केसीसँग एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् । नुवाकोटमा ०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसले एक स्थान र माओवादी दुई स्थानमा विजयी भएको थियो भने ०७० सालमा तीन वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । नुवाकोटबाट ०७० सालको संविधान सभामा नेपाली कांग्रेसले ४७ हजार दुई सय ६९, नेकपा एमाले १७ हजार आठ सय ३६ र माओवादीले २६ हजार नौ सय २९ मत प्राप्त गरेका थिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया