बैतडी, २९, कात्तिक
पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा यस अघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्व सांसद बीच टक्कर हुने भएको छ । दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ वाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ वाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए । भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री समेत बनेका थिए भने चन्द बहालवाला वाणिज्य राज्यमन्त्री रहेका छन् । बैतडीमा आसन्न निर्वाचनका लागि प्रतिनिधि सभाको लागी १ क्षेत्र रहेकोमा पुर्व राज्यमन्त्री र बहालवाला राज्यमन्त्री चुनावी मैदानमा उत्रिएकाले चुनाव निकै रोचक हुने देखिएको छ ।
पुर्व अर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका छन भने वाणिज्य राज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्दै चुनावी मैदानमा उत्रिएका छन । संविधानसभा निर्वाचनमा भण्डारी १ नं क्षेत्रवाट वाट ११ हजार ६७१ मत सहित विजयी भएका हुन भने चन्द २ नं क्षेत्रवाट १२ हजार ४६६ मत सहित विजयी भएका हुन । बैतडीमा स्थानिय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनमा बढी मत रहेको छ । जिल्लाका १० स्थानिय तह मध्ये ६ स्थानिय तहको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको हो । ३ स्थानिय तहमा नेकपा एमाले र १ स्थानिय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा निर्वाचनको लागी २ क्षेत्र निर्धारण गरिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया