एमबीएसको प्रश्नपत्र आउट गर्ने सबैविरुद्ध कारबाही अगाडि बढाइसकेका छौँ : शिक्षामन्त्री पोखरेल

एमबीएसको प्रश्नपत्र आउट गर्ने सबैविरुद्ध कारबाही अगाडि बढाइसकेका छौँ : शिक्षामन्त्री पोखरेल

केन्द्रबिन्दु
27
Shares

जनकपुर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा मुख्य आरोपी पक्राउ परिसकेको र घटनाको अनुसन्धान तीव्ररूपमा अघि बढाइएको बताएका छन् ।

सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीलाई खेलकुद सामग्री वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएको विषयमा सरकारले तत्कालै प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले आइतबार नै आवश्यक काम सुरु गरिएको उल्लेख गर्दै २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेको बताए ।

‘एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा हिजो नै हामीले काम अगाडि बढाइसकेका थियौँ । २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेका छन्,’ मन्त्री पोखरेलले भने।

घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए । ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ र यसमा जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ,’ मन्त्री पोखरेलले भने।

Logo