बिरामीका कुरुवाको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

बिरामीका कुरुवाको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

केन्द्रबिन्दु
0
Shares

कैलाली। डा. गोविन्द केसीले अनशन अन्त्य गरेका छन्।

विभिन्न माग राख्दै बिहीबारदेखि धनगढीमा अनशन बसेका डा. केसीसँग वार्ता गर्न सरकारले गठन गरेको टोली शनिबार धनगढी पुगेको थियो। सरकारी टोलीसँग भएको छलफलपछि सहमति जुटेसँगै डा. केसीले अनशन तोडेका हुन्।

डा. केसीले गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन अन्त्य गरेका थिए। धामी उपचाररत ८ वर्षीय सुदीप कोइरालाका भिनाजु हुन्। उनी बिरामी कुरुवाका रूपमा सोही अस्पतालमा रहेका थिए।

सरकारी टोली र डा. केसीबीच भएको सहमतिका विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ।

Logo