नेपालगन्ज,२८, कात्तिक
निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो । निर्वाचन आयोगको आचारसंहिता तेस्रो संशोधन–०७४ अनुसार उम्मेदवारले कसैसँग पनि करकापमा चन्दा असुल्न पाईदैन । यदी कसैले स्वेछिक रुपमा पाँच हजार भन्दा बढी चन्दा दिन चाहेमा बैंकिङ प्रणाली मार्फत अनिवार्य रुपले गर्नुपर्छ । आयोगको आचार संहिता विपरित वाम गठबन्धनले नेपालगन्जका प्रत्येक व्यापारीसँग लाखौं रुपैयाँ चन्दा मागेको पीडित व्यापारीको दुखेसो छ ।
वाम गठबन्धनका आर्थिक कमिटी संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र सह–संयोजक ललितकुमार रौनियारको संयुक्त हस्ताक्षर सहितको पत्र देखाउँदै एक व्यापारीले भने, ‘चन्दा दिनुस् भनेर वाम गठबन्धनको एउटा टोली चिठ्ठी छाडेर गएको छ, चन्दा दिएपनि , नदिएपनि चुनावपछि मूल्यांकन गर्ने भनेर घुमाउरो भाषामा ‘थ्रेट’ दिए, यो त एक खालको आतंक नै हो ।’ आफूसँग उनीहरूले ३० देखि ५० हजार रुपैयाँ सहयोगको अपेक्षा गरेको र त्यति धेरै रकम दिनसक्ने अवस्था नरहेको पीडित व्यापारीले बताए । केही दिन देखि चन्दा संकलनमा सक्रिय रहेको वाम गठबन्धनले काटेका पत्र नेपालगन्जका अधिकांस व्यापारीको हातमा परेको छ । चन्दा आतंकले यहाँका व्यापारी त्रसित भईरहेका छन् । थरी–थरीका राजनीतिक दलले चन्दा माग्ने डरले उनीहरू तनावमा छन् ।
नागरिकबाट































प्रतिक्रिया