लण्डन, २७ कात्तिक । बैवाहिक जीवनमा सर्वाधिक असफल ठानिएका एक ब्यक्ति बेलायतमै सर्वाधिक विवाह गर्ने पुरुषको रुपमा समेत मानिने गरेका छन् ।
६९ बर्षिय रोन सेफर्डले पहिलो विवाह सन् १९६६ मा मार्गरेटसंग गरेका थिए । त्यसपछि विवाहको गर्ने ढोका खोलेका सेफर्डले पछिल्लो पटक गरेको विवाह सन् २०१५ मा सम्बन्ध विच्छेद भएपछि अर्को विवाह गर्ने सोचाईमा रहेका थिए । यो क्रममा उनले ६ फरक महिलासंग विवाह गरेका थिए ।
सम्बन्ध विच्छेद भएपछि मात्र अर्को विवाह गर्ने सेफर्डको पहिलो विवाह भएको दुई बर्षमै पारपाचुके भएको थियो । यो समयमा उनका तिन सन्तान भएका थिए । त्यसपछि उनले सन् १९७३ मा जेनेट्टीसंग दोस्रो विवाह गरे । यो विवाह केवल एक बर्ष मात्र टिक्यो । उनले लेस्लीसंग तेस्रो विवाह सन् १९७६ मा गरे । उनीवाट दुई छोरा भए र उनले सन् १९८२ मा सेफर्डसंग सम्बन्ध बिच्छेद गरिन् । त्यसपछि सेफर्डले सन् १९८२ मा केथीसंग चौथो विवाह गरे र उनीवाट एक छोरी समेत भयो ।
सन् १९८६ मा सेफर्डले सुईसंग पाँचौ विवाह गरे र उनीवाट दुई छोराहरु भए । सुईले सन् १९९७ मा सेफर्डलाई घरवाट निष्कासन गरिन् । सन् १९९९ मा सेफर्डले उषासंग छैठौं विवाह गरे । यो विवाह चार बर्षसम्म चलेर पारपाचुकेमा परिणत भएको थियो । सन् २००३ मा सेफर्डको विवाह थाई महिला वानसंग २००३ मा भयो । ८ महिना पछि वान बैंककनै फर्किएर विवाहलाई समाप्त पारिन् । सन् २००४ मा सेफर्डले वेङसंग आठौं विवाह गरे । यो विवाह पनि सन् २०१५ मा आईपुग्दा पारपाचुकेको रुपमा परिणत भएको थियो ।
सेफर्डले पछिल्लो पटक फिलिपिन्सकी २८ बर्षिया क्रिष्टेल लालिकलाई विवाह गर्ने योजना बनाएका थिए । तर अकस्मात विवाहको पूर्वसंध्यामा उनले पनि सेफर्डलाई छोडेर हिडिन् । अहिले सेफर्डलाई धेरै विवाह गर्ने पुरुष भन्दा पनि अभागी पुरुषको संज्ञा दिन थालेका छन् । एजेन्सी































प्रतिक्रिया