तलब भत्ता सुधार विधेयकको विरोधमा रोमानियामा हजारौँ स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प

तलब भत्ता सुधार विधेयकको विरोधमा रोमानियामा हजारौँ स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रोमानियामा सरकारले ल्याउन लागेको तलब भत्ता सुधारसम्बन्धी एकीकृत विधेयकको विरोध गर्दै हजारौँ स्वास्थ्यकर्मीहरूले देशव्यापी अनिश्चितकालीन हडताल सुरु गरेका छन्। बितेको एक दशकमा स्वास्थ्य क्षेत्रमा भएको यो नै सबैभन्दा ठूलो आन्दोलन हो।

सानितास युनियनका अध्यक्ष युलियन पोपाका अनुसार देशका ४०० भन्दा बढी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करिब दुई तिहाइ कर्मचारीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका छन्। हडतालका कारण अस्पतालहरूमा आकस्मिक सेवा सुचारु राखिए पनि पूर्वनिर्धारित शल्यक्रिया तथा अन्य गैर-आकस्मिक स्वास्थ्य सेवाहरू भने स्थगित गरिएका छन्।

के हो स्वास्थ्यकर्मीहरूको माग ?

सरकारले तयार पारेको नयाँ तलब सुधार विधेयक पारित भएमा आफूहरूको आम्दानी घट्ने र भविष्यमा हुने तलब वृद्धिमा समेत कडाइ हुने भन्दै स्वास्थ्यकर्मीहरू सशङ्कित बनेका छन्। युनियनले उक्त विधेयकमा परिमार्जन गर्न माग गर्दै आएको छ।

तर, रोमानियामा विगत दुई महिनाभन्दा बढी समयदेखि जारी राजनीतिक संकटका कारण हालको अन्तरिम सरकारसँग वार्ता गरेर ठोस निर्णयमा पुग्न कठिन भइरहेको युनियनको भनाइ छ। सोसल डेमोक्रेटिक पार्टी गठबन्धनबाट बाहिरिएपछि र इली बोलोजनको सरकार ढलेपछि देशमा अझै पनि स्थायी मन्त्रिपरिषद् बन्न सकेको छैन। राष्ट्रपति निकुसोर डानले नयाँ बहुमतको सरकार गठनका लागि दलहरूसँग अझै सहमति जुटाउन सकेका छैनन्।

रोमानिया सरकारले आगामी अगस्टको अन्त्यसम्ममा यो सार्वजनिक क्षेत्रको तलब सुधार प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ। ब्लुमबर्गका अनुसार युरोपेली युनियनबाट ७०० मिलियन युरोभन्दा बढी अनुदान प्राप्त गर्नका लागि यो सुधार लागू गर्नु रोमानियाका लागि अनिवार्य सर्त मानिएको छ।

यसैबीच, छिमेकी मुलुक नर्वेमा भने विगत मध्य-जुनदेखि तेल सेवा क्षेत्रका श्रमिकहरूले गर्दै आएको हडताल कम्पनी र ‘सेफ’युनियनबीच सहमति भएसँगै टुङ्गिएको छ।

Logo