काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बहुप्रतीक्षित फिल्म ‘वाराणसी’ को नयाँ छायांकन तालिकाका लागि भारत आएकी छन्।
प्रियंका आफ्ना पति निक जोनस र छोरी माल्टी मेरीसँग हैदराबाद पुगेकी हुन्। उनी निर्देशक एस. एस. राजामौलीको निर्देशनमा बन्न लागेको महत्त्वाकांक्षी फिल्म ‘वाराणसी’ को छायांकनमा सहभागी हुने तयारीमा छिन्।
विमानस्थलमा परिवारसहित देखिएकी प्रियंकाको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
एस. एस. राजामौली निर्देशित ‘वाराणसी’मा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा रहेका छन्। यो चलचित्र सन् २०२७ मा प्रदर्शन गर्ने तयारी गरिएको छ।




















