लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले बुझाए राजीनामा

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले बुझाए राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका हुन् । राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन् ।

कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा एमाले र नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ ।

Logo