इनरुवा, २७, कात्तिक
नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्ररुपले सम्पन्न हुने बताएका छन्। सुनसरीको रामधुनी नगरपालिकामा आइतबार देखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरता तर्फ चाँडै अगाडि बढाउने बताए । सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वाचित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस































प्रतिक्रिया