गोरखा , २७, कात्तिक

निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । "/>

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

गोरखा , २७, कात्तिक

निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले निर्वाचनमा शान्ति सुरक्षामा खलल पु¥याउन सक्ने आशंकामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाएको छ । भरत कोइराला, विशाल गजुरेल, गोकुल कुमाल, अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, र कपिला भट्टलाई पक्राउ गरिएको छ । जिल्लाको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नागरिकबाट

Skip This
Skip This
Logo