भक्तपुर,२६,कात्तिक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्। "/>

घोषणापत्र नभई पैसाको खाम लिएर आउनेलाई लखेट्न नारायणमानको जनतालाई अनुरोध

घोषणापत्र नभई पैसाको खाम लिएर आउनेलाई लखेट्न नारायणमानको जनतालाई अनुरोध

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,२६,कात्तिक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँग आग्रह गरेका छन्। पार्टी निकटको नेपाल प्राध्यापक समाज केन्द्रिय समितिले शनिबार मध्यपुर थिमिमा गरेको पार्टीका उम्मेदबारहरुसँगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष विजुक्छेले भक्तपुरको मध्यपुर थिमिमै पनि यस्तो देखिएको जनाए । मध्यपुर थिमिमा केही दिन अगाडि एमाले मध्यपुर थिमिका उम्मेदबारहरुले प्रति भजन मण्डलहरुलाई १० दस हजार नगद वितरण गरेको र केही भजनमण्डलको प्रतिकारपछि घटना सार्वजनिक भएको भन्दै पैसा लिएर भोट माग्न आउने नेताहरुलाई कमसेकम बौद्धिक वर्गबाट प्रतिकार गर्नुपर्ने खाँचो औंल्याए।

उनले निर्वाचन आचारसंहित उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरे त्यस्ता उम्मेदबारहरुको उम्मेदवारी नै खारेज गर्न माग राखे। साथै घोषणापत्र अनुसार काम नगर्ने दलहरुको दल दर्ता नै खारेज गर्नुपर्ने माग गरे। पार्टीको भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमि क्षेत्रका प्रदेश सभा उम्मेदबार प्रेमजन थापाले केही दिन अगाडि एमालेका मध्यपुर थिमि क्षेत्रका उम्मेदबार राजेन्द्रमान श्रेष्ठ र मध्यपुर थिमि नगरपालिकामा एमालेबाट मेयरमा विजयी मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिका भजनमण्डलीहरुलाई पैसा बाँडेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo