काठमाडौँ, २५, कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् । "/>

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग

शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५, कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. यादवले रुकुम र रोल्पामा उम्मेदवार माथि भएको आक्रमण प्रति लक्षित गर्दै भने, “उम्मेदवार लक्षित आक्रमण दुखद् हो, शुक्रबार र शनिबार भएका घटनाबाट हामी गम्भीर भएका छौंँ ।” डा. यादवले यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदै यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरे । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले भोलि आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिएका छन् ।

उनका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ । लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै डा. यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गरे ।
रासस

Skip This
Skip This
Logo