धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक ९ वर्षीया बालिका पनि रहेकी छिन् ।
इटहरी ६ की ९ वर्षीया बालिका र सुनसरीकी ६१ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
९ वर्षीया बालिकामा १७ कार्तिकमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । त्यस्तै ६५ वर्षीया महिलामा ३० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई श्वासप्रश्वास र उच्च रक्तचापको समस्या थियो ।































प्रतिक्रिया