पक्राउ परे पत्रकार अर्नब गोस्वामी

पक्राउ परे पत्रकार अर्नब गोस्वामी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनलाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ।प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआईडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख थियो ।

यो पनि 

चन्द्रागिरी सडक: १५ महिनाको काम ४ वर्षसम्म अलपत्र, म्याद सकिनै लाग्दा काम, अरुवेला गुमनाम

Skip This
Skip This
Logo