वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप

वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २४ कार्तिक । 

सोलुखुम्बुको सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ । 

वाम गठबन्धनले पूर्व निर्धारीत कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।

Skip This
Skip This
Logo