सिन्धुपाल्चोक,२४, कात्तिक
भूकम्पपछि छिमेकी मुलुक चीनसँग जोडिएको व्यापारिक तातोपानी नाका बन्द छ । नाका बन्द भएकोले स्थानीयलाई रोजगार छैन । काम विहीन बनेका स्थानीय धमाधम बिस्थापित भइरहँदा सीमाका केही गाउँहरु मानवविहीन भएका छन् । चट्टाने भूगोल, भएको थोरै खेतबारीको उब्जाउले वर्षदिन कट्दैन । तर विपन्न वर्गका स्थानीयको अन्त जाने बाटो पनि कतै छैन । नाका खुल्ला र पुरानै रोजगार स्थापित होला भन्ने आशामा रहेका स्थानीय आजकाल राजनीतिक नेताका भाषण सुन्न गाउँ छोडेर बजार झर्न थालेका छन् ।
लार्चापारिका राजु घताने नाकाबारे बुझ्न राजनीतिक दलले आयोजना गरेको कार्यक्रम जुनसुकैलाई पनि छुटाउँदैनन् । उनी गाउँका दौतरी मध्ये सचेत दलित युवा हुन् । राजनीतिक कार्यक्रममा घताने जानुको एउटै उद्देश्य छ, ‘चुनावका उम्मेदवारले तातोपानी नाकाबारे के बोल्छन् ?’ प्रतिनिधिसभा क्षेत्र नं. १ मा पर्ने भोटेकोसी गाउँपालिकामा साविकको चार गाविस छन्, लिस्ती, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ । यी बस्ती नाकामा मात्रै निर्भर थिए । व्यापार गर्ने र पर्यटकका भारी बोक्ने काम यो क्षेत्रका स्थानीयको मुख्य पेशा थियो । नाका बन्द भए देखि स्थानीयको जीवनमा दुःख सुरु भएको छ । त्यसैले भोटेकोसीका स्थानीय नाका खुलाउन पहल गर्ने उम्मेदवारलाई भोट हाल्ने बताइरहेका छन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया