काठमाडौँ ,२३, कात्तिक
तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक साता देखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँ माथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तिहार अघिबाट मूल्य आकासिन थालेको हो । समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार उपत्यकाको माग भन्दा धेरै कम आयात हुँदा मूल्यमा असर परेको हो । ‘अहिले कालीमाटीमा दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी भित्रिरहेको छ,’ उनले भने, ‘तर, माग भने ७ सय टनको छ ।’ जाडोमा तरकारीको माग अन्य समयको भन्दा बढी हुने गर्छ, तर यही वेला आपूर्ति भने घटेको छ । तराईबाट आउने तरकारीको परिमाण घटेको उनले बताए । ‘तराईमा साउन अन्तिम साता आएको बाढीले यति वेला बजारमा निस्कनु पर्ने तरकारी आएको छैन,’ उनले भने, ‘बाढी लगत्तै किसानले पुनः लगाएको तरकारी आउन केही ढिलाइ भएको छ ।’
नयाँपत्रिकाबाट





























प्रतिक्रिया