काठमाडौँ, २२, कात्तिक
काठमाडौंमा माग अनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकासिएको हो ।सर्वसाधारणको भान्सा देखि उपत्यकाको पाँचतारे होटल सम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउली लगायत तरकारीको मूल्य दसैं अघिको तुलनामा दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशत मात्रै आपूर्ति भएकाले मूल्य आकासिएको उनले जानकारी दिए । ‘कालीमाटी फलफूल तरकारी बजारमा अहिले दैनिक तीन सय ५० मेट्रिक टन मात्रै तरकारी आपूर्ति हुने गरेको छ । ५० प्रतिशत मात्रै आपूर्ति भएका कारण तरकारीको मूल्यमा प्रभाव परेको हो,’ उनले भने, ‘नेपालमा तरकारी उत्पादन कम छ । भारतबाट आउने तरकारीमा पनि मूल्यवृद्धि भएको छ । यसले गर्दा तरकारीको मूल्य बढेको हो ।’
नागरिकबाट































प्रतिक्रिया