जनकपुर,२२, कात्तिक

हुन त अहिले सामाजिक संजाल मार्फत प्रचार प्रसार गर्ने तरिकालाई नयाँ मान्नु पर्ने अवस्था छैन । "/>

बिमलेन्द्र निधी र राजेन्द्र महतो वीच फेसबुक भिडन्त

बिमलेन्द्र निधी र राजेन्द्र महतो वीच फेसबुक भिडन्त

केन्द्रबिन्दु
0
Shares

जनकपुर,२२, कात्तिक

हुन त अहिले सामाजिक संजाल मार्फत प्रचार प्रसार गर्ने तरिकालाई नयाँ मान्नु पर्ने अवस्था छैन । सबैले आआफ्ना दल र नेताको पक्षमा सामाजिक संजालहरुबाटै क्रिया प्रतिक्रियाहरु दिइरहेका छन् । यो क्रमले जनकपुरमा पनि निरन्तरता पाइरहेको छ । दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतो बीचको चुनावी भिडन्त समाजिक सञ्जाल फेसबुकमा पनि देखिएको छ । अहिले उक्त निर्वाचनक्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई समाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ । दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्नेहरुको जमात बढ्दै गएको छ । कतिपयले फेसबुक मै निधि र महतो मध्ये कसले जित्ने भन्ने मत सर्वेक्षण समेत गर्ने गरेका छन् । यी दुई नेताका समर्थकहरुको क्रियाकलापले फेसबुक पेज चुनावी मैदान बनेको छ । उम्मेदवारहरुले स्वयं फेसबुकबाटै मतदाता रिझाउन विभिन्न प्रकारका समाग्री पोस्ट गर्ने गरेका छन् ।

नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo