काठमाडौं,२१, कात्तिक
नजिकिँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरूलाई भ्याइ नभ्याइ छ । "/>

बागबजारका आर्ट पसललाई प्रचार सामग्री बनाउन भ्याइ नभ्याई

बागबजारका आर्ट पसललाई प्रचार सामग्री बनाउन भ्याइ नभ्याई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२१, कात्तिक
नजिकिँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरूलाई भ्याइ नभ्याइ छ । बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन् कि भन्ने भान पर्छ । माग आउन् या नआउन् उनीहरू माग पूरा गर्ने तयारीमा छन् । ‘तयारी गरिरहेका छौं, माग आए बिक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ,’ बागबजारमा पार्टीका चुनाव चिह्नको तयारी गर्दै गरेका श्याम आर्ट पसलका श्यामले भने । अरु बेला दैनिक दुई/तीन जना मात्र खटिए पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् । उनीहरू सबैको काम चुनावी सामग्री बनाउनु हो । ‘माग आए रातभरि खटिएरै भए पनि पूरा गर्छौ,’ यस्तो काममा वीस वर्षको अनुभव सँगालि सकेका श्याम भन्छन् ।

बागबजारकै निखिल छापाखानामा पनि सबै पार्टीका झण्डा तयारी अवस्थामा छन् । माग आयो कि कसैले रित्तो हात फर्किनु पर्दैन । निखिल आर्टका सञ्चालक सञ्जय खत्रीले उम्मेदवारी मनोनयन लगत्तै छापाखानाबाट १० हजार भन्दा बढी पार्टी र चुनावी चिह्न झन्डा बनाएर दिइसकेको बताए । मेघा डिजाइन बागबजारमा पनि मुख्य पार्टीका झन्डा र चुनाव भरिभराउ छ । पसलमा पार्टीका झन्डा तयार पार्न थप दुई जना कामदार खटाइएको सञ्चालक मेघा शाहीले बताए । अन्य समय २ जना मात्र खटिए पुग्नेमा चुनाव लागेपछि थप २ जना खटाइएको उनले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo