काठमाडौं,२१, कात्तिक
देशभर स्मार्ट लाइसेन्सको माग दैनिक करिब ५ हजार भए पनि आपूर्ति भने त्यो भन्दा निकै कम छ । नयाँ, नवीकरण तथा नेपालीकरणका लागि दैनिक हजारौं आवेदन आउने गरे पनि यातायात व्यवस्था विभागसँग मुस्किलले ८ सय वटा कार्ड प्रिन्ट गर्ने क्षमता छ । "/>

स्मार्ट लाइसेन्सको माग दैनिक ५ हजार, प्रिन्ट ८ सय

स्मार्ट लाइसेन्सको माग दैनिक ५ हजार, प्रिन्ट ८ सय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२१, कात्तिक
देशभर स्मार्ट लाइसेन्सको माग दैनिक करिब ५ हजार भए पनि आपूर्ति भने त्यो भन्दा निकै कम छ । नयाँ, नवीकरण तथा नेपालीकरणका लागि दैनिक हजारौं आवेदन आउने गरे पनि यातायात व्यवस्था विभागसँग मुस्किलले ८ सय वटा कार्ड प्रिन्ट गर्ने क्षमता छ ।  त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिन सक्ने कार्डको संख्या पनि छैन । मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको चारवटा प्रिन्टिङ मेसिन मध्ये दुईवटा बिग्रिएर थन्किएपछि यस्तो समस्या आएको हो ।

सरकारले स्मार्ट लाइसेन्स वितरण ०७२ मंसिरदेखि बागमती अञ्चलबाट सुरु गरेको थियो । गत साउन देखि स्मार्ट लाइसेन्स वितरण देशैभर पुर्याइएको भए पनि ट्रायल पास गरेको ६ महिना भन्दा लामो समय सम्म लाइसेन्स पाउन नसकिने अवस्था छ । कर्णाली अञ्चल बाहेक सबै अञ्चल कार्यालय र काठमाडौंमा थपिएका ३ वटा कार्यालय गरी १६ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण गरिन्छ । तर विभागसँग न त स्मार्ट लाइसेन्सको स्टक छ, न त प्रिन्टिङ मेसिन नै छ ।
कारोबारबाट

Logo