काठमाडौं,२१, कात्तिक
राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले पूर्वराष्ट्रपति यादवलाई सरकारले दिँदै आएको सेवा सुविधामा कुनै कमी नगरेको बताएका छन् । पूर्वराष्ट्रपति डा. रामबरण यादवलाई घर छोड्न घर मालिककले १५ दिने सार्वजनिक सूचना जारी गरेपछि पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पूर्वराष्ट्रपतिका सेवा सुबिधाबारे नेपाल सरकारको मन्त्रिपरिषदको २०७३ माघ २० गतेको बैठकले केही परिवर्तन गरेको र त्यहि अनुसार जानकारी गराएको बताए । पौडेलले उक्त निर्णय अनुसार पूर्वराष्ट्रपतिको आफ्नो घर भए मासिक एक लाख घरभाडा उपलव्ध गराउने तथा आफ्नो घर नभएको खण्डमा मासिक २ लाख भाडा सरकारले व्यहोर्ने उल्लेख भएको भन्दै त्यस वारे डा. यादवलाई जानकारी गराएपनि यादवले प्रतिउत्तर नदिएको बताएका छन । पूर्व राष्ट्रपति यादव ललितपुर महानगरपालिका वडा नं. ४ बागडेल स्थित रविभक्त विष्टको घरमा २०७२ कार्तिक १२ गतेबाट बस्दै आएका छन् । तर सरकारको पछिल्लो निर्णयमा यादवले कुनै जवाफ नपठाएपछि राष्ट्रपति कार्यालयले गत साउन यता घरभाडा बापतको रकम नपठाएको स्वीकार गरेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया