नवलपरासी १९ कात्तिक
नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेका हुन् । खेलमा प्रथम हुने विजेताले क्रमशः ६ हजार नगद सहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा द्वितीय हुने लाई ४ हजार, एक थान टीभी तथा तृतीय हुनेलाई २ हजार सहित एक थान साइकल प्रदान गरिएको थियो । विजेता कुस्तीबाजहरुलाई निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
रासस































प्रतिक्रिया