बिक्रम पाण्डेको ‘खम्बा’ ढल्दा प्रचण्डलाई हाइसन्चो !

बिक्रम पाण्डेको ‘खम्बा’ ढल्दा प्रचण्डलाई हाइसन्चो !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक ।

‘राजनीतिमा जे पनि हुन सक्छ’ भन्ने भनाई चितवनमा पुष्टि भएको छ । चितवनको क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका नेता बिक्रम पाण्डे चुनाबी दौडमा छन् । 

तर चुनाबी मुखमा पाण्डेका खम्बा मानिने पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना आज माओबादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार माडीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो। उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।

जिल्लाका स्थापित नेता तिमिल्सिना स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेदवार थिए। तिमिल्सिनाले स्थानीय तहको निर्वाचनमा ८०८१ मत प्राप्त गरेका थिए । तिमिल्सिनाको प्रवेशले प्रचण्डलाई ठूलो राहत मिलेको छ भने पाण्डेलाई धक्का लागेको छ ।

यो क्षेत्रमा बिक्रम पाण्डेलाई नेपाली कांग्रेसको समर्थन छ ।

Skip This
Skip This
Logo