मेरी दीदीलाई यो बहिनीको काठमाडौँबाट सम्झना
सञ्चै आरामै छौँ ? जब तिमी राजनीतिमार्फत देश र जनताको सेवा गर्छु भनेर हाम फाल्यौँ तिम्रो र मेरो दैनिक हुने भेटघाट आजभोलि पातलिएको छ । फोनमा हुने संवाद हराएको छ । तिम्रो व्यस्ततालाई मैले बुझिदिनु पर्छ । त्यसैले सार्वजनिक रुपमै तिमीलाई चिठी लेख्दै छु । आशा छ अवश्य समय मिलाएर पढ्ने छौँ ।
दिज्जू, तिमी गाउको एउटा साधारण परिवारमा जन्मिनु पहिलो गल्ती, तिमी कलाकार भएर सबैलाई मनोरंजन दिनु,चर्चा पाउनु दोस्रो गल्ती, अनी तिमि देशबिदेश गीत गाउदै हिडन छोडेर राजनीतिमार्फ़त देश र जनताको मुहार फेर्छु भनेर सोच्नु तेस्रो ठूलो गल्ती ।
दिज्जू यहाँ बर्षौदेखि राजनीति पार्टीमा लागेकाहरू भर्खर केहि बर्ष मात्रै त भयो नि पजेरो चढ़ने भएका, भर्खर त आफ्ना र आफन्तका नाममा बिभिन्न बंगला र टावरहरु बनाउदै छन ! ए मेरी दीदी तिमि किन बुझदिनौ ? नेपालको सन्दर्भमा राजनीती भनेको – कमाई खाने, भजाई खाने, ठगी खाने भाँडो हो भनेर, जनता मारेर नेता धनी हुने देश हो भनेर, नैतिकताको राजनीती कहाँ छ र यहॉं ? यो सिद्धान्त त तिम्रो होइन, अनि कसरी मार्छेयौ आफ्नो इमान्दारिता र निष्ठालाई यो फोहोरी राजनीतिमा लाग्नको लागि ?
त्यसमाथि महिलाहरुलाई हेर्ने दृश्टिकोण र गर्ने ब्यबहार को त कुरै नगरौं ! यहॉं राजनीतीको “र” नजाने पनि आफ्ना श्रीमती, नातेपाते जति चाही सबै सक्षम हुन्छन्, यहॉं बोलाई र गराई फरक हुन्छ, अरबौ रकम तिरेर सभासद र मन्त्री हुने देशमा, बिदेशी भूमिमा बसेर नेपाल डलर पठाएर पार्टी फुटाउने देशमा, तिमि निष्ठा र इमान्दारिताको राजनीती गर्न खोज्दै छौ ! राजनीति त भ्रस्टाचारी, काला ब्यापारी, नेताहरुको पेवा सम्पति पो हो ।































प्रतिक्रिया