केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक ।
चितवन, १७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा, सिरहा, काठमाडौँ हुँदै यो पटक गृहजिल्ला चितवनबाट उम्मेद्वारी दिएका छन् । दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभाकालागि उम्मेद्वारी दिएका हुन् ।
नेकपा एमालेसँगको गठबन्धनमा उम्मेद्वारी दिएका दाहालले आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिएका छन् । तर उनका सामु १८ जना प्रतिष्पर्धीहरु छन् । जसमध्ये केही उम्मेदवार दाहालका लागि टाउको दुखाइका पात्र बन्न पुगेका छन् ।
सो क्षेत्रमा ८ जना स्वतन्त्रसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत हुन् । उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए ।
त्यस्तै सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् । यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छ ।
स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
हेर्नुहोस् भिडियो रिपोर्ट































प्रतिक्रिया