काठमाडौं,१८,कात्तिक
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्। "/>

बागी उम्मेदवार बनेका जोशी विरुद्ध पौडेलको उजुरी

बागी उम्मेदवार बनेका जोशी विरुद्ध पौडेलको उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,कात्तिक
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्। पौडेलले शुक्रबार तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका हुन् । आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग छ। विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो। कांग्रेस नेता तथा पूर्वमन्त्री जोशी तनहुँ १ मा पौडेललाई टिकट दिइएपछि रुष्ट हुँदै बागी उम्मेदवार बनेका थिए।
नागरिकबाट

Skip This
Skip This
Logo