काठमाडौं,१८,कात्तिक
एमालेमा प्रबेश गर्नु अघि राप्रपाकी केन्द्रिय सदस्य रहेकी गायीका कोमल वलीले स्थानिय तहको निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी थिईन। वली नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएपछि त्यस समयमा ब्यापक चर्चा भएको थियो । नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारका साथ खिचिएको फोटोबारे प्रतिक्रिया समेत दिंदै सानेपा निवासी गायीका वलीले त्यस समयमा राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्छ भन्ने प्रतिक्रिया दिएकी थिईन । अहिले १ महिना अघि एमाले प्रवेस गरेकी वलीलाई एमालेले टिकट दिने चर्चाले निकै व्यापकता पाएको थियो । आखिरी अवस्थामा टिकट नपाए पछि उनले स्वतन्त्र उमेदवारी दिएकी भएपनि भोट भने काँग्रेसलाई माग्दै हिंडेको तस्विर सार्वजनिक भएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया