काभ्रे,१८,कात्तिक
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि बिहिवार काभ्रेमा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराए । "/>

काभ्रेमा ६ पदका लागि ७१ जनाको उम्मदेवारी

काभ्रेमा ६ पदका लागि ७१ जनाको उम्मदेवारी

केन्द्रबिन्दु
0
Shares

काभ्रे,१८,कात्तिक
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि बिहिवार काभ्रेमा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराए । उम्मेदवारहरुले ठूलै तामझामका साथ झाँकीहरु प्रदर्शन गरी आफ्नो उम्मेदवारी दर्ता गरे । जिल्लामा ६ पदका लागि ७१ जनाले आफ्नो मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चार क्षेत्रका लागि कुल ७१ जनाले उम्मेदवार दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १८ र प्रतिनिधि सभा क्षेत्र २ मा १२ जनाले उम्मेदारी दर्ता गराएका छन् ।
जसमध्ये केही स्वतन्त्र पनि छन् भने करिब १६ दलहरूबाट विभिन्न ठाउँ र स्थानमा उम्मेद्वारी परेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । मनोनययन दर्तासँगै काभ्रेमा मतादाताहरू पनि उत्साहित भएका छन् । जिल्लामा जम्मा मतदाता दुई लाख ७२ हजार २ सय ८७ छन् । जसमा महिला एक लाख ३५ हजार ३ सय ९७, पुरुष एक लाख ३६ हजार ८ सय ८९ र तेश्रो लिंङ्गी एक जना रहेका छन् । क्षेत्रगत आधारमा हेर्ने हो भने प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा मतदाता ६७,८९९ पुरुष, ६५, ८७५ महिला छन् । जसमा जम्मा मतदाताः १ लाख ३३ हजार ७ सय ५५ छन् । भने प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा मतदाता ६८, ९९० पुरुष, ६९,५२२ महिला छन् । जम्मा १ लाख ३८ हजार ५ सय १२छन् रहेका छन् । यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्वर १ मा पुरुष ३४,०२४, महिला ३२२५९ छन् भने जम्मा मतदाता ६६,२८३ रहेका छन् । प्रदेश सभा क्षेत्र नम्वर २ मा पुरुष ३३,८७५, महिला ३३,६१६, तेश्रो लिंगी एक जना रहेका छन् । जसमा जम्मा मतदाता ६७,४९२ रहेका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्वर ३ तर्फ पुरुष ३३, ८४६, महिला ३३, ३५४ छन् जसमा जम्मा मतदाता ६७,२०० छन् र प्रदेश सभा क्षेत्र नम्वर ४ मा पुरुष ३५,१४४, महिला ३६,१६८ छन् । जसमा जम्मा मतदाताको सङख्या ७१,३१२ रहेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo