पोखरा, १७, कात्तिक

पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले हिजो जेल चलान गरेको छ । "/>

करोडौँ ठग्ने दम्पतीलाई जेल चलान

करोडौँ ठग्ने दम्पतीलाई जेल चलान

केन्द्रबिन्दु
0
Shares

पोखरा, १७, कात्तिक

पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले हिजो जेल चलान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान लक्ष्य बहादुर थापा तथा उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने दण्डपाणि शर्मा १५ लाख धरौटी बुझाइ छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । उनीहरुले आफन्त र चिने जानेका व्यक्तिसँग ठूलो रकम संकलन गरी गत भदौ १४ गते आफ्नो घरजग्गा समेत बिक्री गरी पोखराबाट फरार भएका थिए । प्रहरीले असोज १९ गते काठमाडौँमा लुकीछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको थियो । उनीहरुले सर्वसाधारणसँग झण्डै ५० करोड जति ठगेको प्रहरीको अनुमान छ ।
रासस

Skip This
Skip This
Logo