चितवन, १७, कात्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दा आफ्ना समर्थकलाई नचिने पछि हाँसोको पात्र बने । बलियो सुरक्षा व्यवस्था सहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय गएका प्रचण्डले आफ्नो उम्मेदवारी दिंदा समर्थक बसेका रामजी लाई नचिनेका हुन । उनका प्रस्तावक अमिक शेरचन थिए भने समर्थक राम जी नामका व्यक्ति थिए । प्रचण्डले राम जी कहाँको, को हो भनेर अनकनाउन थालेपछि पछाडि रहेका समर्थक रामजीले आफू भएको जानकारी दिए पछि प्रचण्डले ‘ए तपाईं रामजी हो ? मैले त चिनिन भन्दै हात मिलाएका थिए । उम्मेदवारी दर्ता गर्दा हस्ताक्षर गर्न नपर्ने भन्दै प्रचण्ड अल्मलिएका पनि थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया