केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले बाम गठबन्धन लोकतान्त्रिक प्रक्रियामार्फत् बनेको तर्क गर्दै त्यसबाट नआत्तिन सरकार र सत्तारुढ काँग्रेसलाई सचेत गराए । उनले भने, ‘लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले लोकतान्त्रिक प्रक्रिया अन्तरगत बाम गठबन्धन बन्दा आत्तिन पर्ने कुनै कारण छैन ।’
बुधबार जनमोर्चा नेपाल र जागरण परिषदका सम्पूर्ण नेता एवम कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन गर्नुपरेको पनि दोहोर्याए ।
एमाले अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर बाम दलहरुलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व लिएको दावी पनि गरे । उनले भने, ‘कुनै निजी वा वयक्तिक स्वार्थ लेनदेनको आधारमा बाम गठबन्धन बनेको होइन ।’
पार्टी प्रवेश कार्यक्रमकै अवसरमा ओलीले पार्टीमा विलय भएको जनमोर्चा, नेपाल र जागरण परिषदका नेता एवम कार्यकर्ता सबैलाई यथोचित जिम्मेवारी दिने आश्वासन पनि दिएका थिए ।































प्रतिक्रिया