काठमाडौं, १५, कात्तिक

नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ ।   कारागार व्यवस्थापन विभागले दिएको जानकारी अनुसार ०७३ फागुन देखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । "/>

देशभर आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

देशभर आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५, कात्तिक

नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ ।  कारागार व्यवस्थापन विभागले दिएको जानकारी अनुसार ०७३ फागुन देखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गते देखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको थियो । यस अवधिमा केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खुमा दुई, इलाम दुई, महोत्तरी दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक, डिल्लीबजार एक, गोरखा एक, पर्सा एक र प्यूठानमा एकजनाको मृत्यु भएको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै निधन भएको जानकारी दिए ।“कैदीबन्दीलाई सामान्य रोग लागे उपचार कारागार भित्रै गर्छौं, जटिल समस्या देखा परे सम्बन्धित जिल्लाका अस्पताल वा काठमाडौँका ठूला अस्पतालमा पठाउँछौँ, अधिकांशको उपचारका क्रममा निधन भएको हो,”– महानिर्देशक घिमिरेले भने। मृत्यु भएका ६५ जना मध्ये एक जनामात्र बन्दीगृह भित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार संख्यामा कैदीबन्दी रहेका छन् ।
रासस

Skip This
Skip This
Logo