काठमाडौं, १५, कात्तिक
उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरता सहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताएका छन् । "/>

राजनीतिक स्थिरता सहितको आर्थिक समृद्धिका लागि काँग्रेसमाः उद्योगपति चौधरी

राजनीतिक स्थिरता सहितको आर्थिक समृद्धिका लागि काँग्रेसमाः उद्योगपति चौधरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५, कात्तिक
उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरता सहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताएका छन् । उद्योगपति चौधरीले हिजो एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगत देखि नै आफ्नो निकटता रहेको जानकारी गराए । ‘आफू किन काँग्रेस प्रवेश गरेँ’ भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।” आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रियमञ्च मार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरम देखि फोब्र्स सम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गरेका छन् ।

रासस

Skip This
Skip This
Logo