चितवन, १४, कात्तिक

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । "/>

चितवन जिल्लाका ५२ मतदानस्थल अतिसंवेदनशील

चितवन जिल्लाका ५२ मतदानस्थल अतिसंवेदनशील

केन्द्रबिन्दु
0
Shares

चितवन, १४, कात्तिक

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो । सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिए। यसपालि मतदाताको आधारमा न्यूनतम ११ जना देखि अधिकतम ५० जनासम्म प्रहरी मतदान केन्द्रमा खटिने छन् ।

सशस्त्र प्रहरी र नेपाली सेनाको अर्को तहको घेरा भने यथावत् रहने उनले बताए । जिल्लामा १६१ मतदानस्थल मध्ये १०९ मतदानस्थललाई भने संवेदनशील क्षेत्रमा राखिएको छ ।जिल्लाका कुनै पनि मतदानस्थललाई सामान्यको सूचीमा नराखेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए । केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले बनाएको सुरक्षा योजना अनुसार निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चातका फरक फरक सुरक्षा योजना बनाइएको उनले बताए । पूर्व सुरक्षा योजनाको काम पूरा भएर प्रहरीले निगरानी थालेको बताउँदै प्रजिअ भटृले यसपटकको १६१ मतदानस्थलको ४०८ मतदान केन्द्रमा चार घेरामा सुरक्षाकर्मी परिचालन हुने उल्लेख गरे।

उनका अनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी सहितका जनपद प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, सेना र आवश्यकता अनुसार अनुसन्धान टोली परिचालन गरिनेछ । महिला प्रहरी हरेक केन्द्रमा अनिवार्य रहने छन् । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक थापाले बताए । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा आवश्यकता अनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुनेछन् । यस जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । चितवनमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo