उदयपुर, १४, कात्तिक
देशका विभिन्न भागमा भएका अलग अलग सवारी दुर्घटनामा २० जनाको निधन भएको छ । उदयपुरमा सुमो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । ३ जना घाइते भएका छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा दुर्घटनामा परेको हो । सो सुमो भीरबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते हुनेमा चालक सहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।
त्यस्तै गुल्मीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । आठ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र चालक सहित तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । मृतक र घाइतेको सनाखत हुन सकेको छैन । घाइतेहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
राजधानीबाट































प्रतिक्रिया