विराटनगर , १३, कात्तिक

मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानै देखि हजारौँ मानिस लाइनमा बसे । "/>

लाइसेन्स लिन २० हजार जना लाइनमा :व्यवस्थित नहुँदा बिचौलियाको चलखेल वढ्यो

लाइसेन्स लिन २० हजार जना लाइनमा :व्यवस्थित नहुँदा बिचौलियाको चलखेल वढ्यो

केन्द्रबिन्दु
0
Shares

विराटनगर , १३, कात्तिक

मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानै देखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुप¥यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुई जना घाइते भए । नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए । उनीहरू अघिल्लो दिन देखि नै टोकन लिन लाइनमा थिए । एक दिन मात्र फारम दर्ता गराउन टोकन खुलेकाले सबै पहिला लिन तँछाड मछाडमा लागेका थिए । तैपनि सबैले आइतबार टोकन लिन पाएनन् ।
कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए । उनीहरू अघिल्लो दिनदेखि नै टोकन लिन लाइनमा थिए । एक दिन मात्र फारम दर्ता गराउन टोकन खुलेकाले सेवाग्राहीको झन्डै पाँच किलोमिटर लामो लाइन लाग्यो । तैपनि सबैले आइतबार टोकन लिन पाएनन् ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo