यी चर्चित मोडल जसलाई मारेर पतिले सेक्स गरेका थिए

यी चर्चित मोडल जसलाई मारेर पतिले सेक्स गरेका थिए

केन्द्रबिन्दु
0
Shares

यो कथा हो, डोरोथी रुथ हुग्स स्ट्राटेनको । उनी क्यानेडियन मोडल हुन्, जसले कम उमेरमै प्रसिद्धी कमाएकी थिइन् । तर, उनको जीवन एकदमै छोटो रह्यो । टिनएज पार गर्न नपाई उनको मृत्यु भयो । त्यो मृत्यु नभई हत्या थियो । हत्यारा अरू कोही नभई आफ्नै पति पल स्नाइडर थिए । पलले यी मोडल पत्नीको हत्या गरेपछि उनको लासमाथि खेल्न थालेका थिए । यो क्रूर र घिनलाग्दो कृत्यमाथि फिल्म समेत बनेको छ । पहिलो १९८१ म ‘डेथ अफ ए सेन्टरफोल्डः द डोरोथी स्ट्राटेन स्टोरी’ र दोस्रो चाहिँ १९८३ मा ‘स्टार ८०’ ।

– डोरोथीको जन्म १९६० मा भएको थियो ।

– १९७७ मा डोरोथी हाई स्कुलको पढाइ गरिरहेकी थिइन् । साथै त्यस समय डेयरी क्वीन नामको एक रेष्टुरेन्टमा पार्ट टाइम काम पनि गरिरहेकी थिइन् । त्यहीबेला उनको भेट, एक एरिया क्लब प्रमोटर एवं दलाल पल स्नाइडरसँग भयो ।

– यी दुईको प्रेम सम्बन्ध गाँसियो । पछि स्नाइडरले डोरोथीका केही न्युड फोटो खिँचे र प्लेब्वाइ म्यागजिनमा पठाइदिए ।

– १९७९ मा डोारेथी र पल लस भेगास गए । डोरोथीले आफ्नो सरनेम छोटो गरेर शेरेटन राखिन् । यही नामले उनलाई चिनिन थालियो । यसै क्रममा उनी प्लेब्वाइको मिस अगस्ट बनिन र सेन्चुरी सिटी प्लेब्वाइ क्लबमा प्लेब्वाइ बन्नी (क्लबको वेटर) को रुपमा काम गर्न थालिन् ।

– डोरोथीले टेलिभिजन शो बक रोजर्स र फेन्टसी आइसल्यान्डमा पनि रोल गरि । १९७९ मा अमेरिकामा बनेको कमिक फिल्म स्केट टाउन युएसएमा पनि प्रस्तुति दिइन् ।

– १९८० मा डोरोथी प्लेब्वाइ म्यागजिनका प्लेमेट अफ द इयर (प्लेब्वाइ म्यागजिनको मोडल) बनिन् । डोरोथीले १९८० मा एक साइन्स फिक्सन फिल्म गैलेक्सिानामा मुख्य भूमिका निर्वाह गरिन् । यसैबीच उनको अफेयर पीटर बाग्डेनोविकसँग चल्यो, जो ‘दे अल लाफ्ड’ भन्ने फिल्म बनाइरहेका थिए । यो डोरोथीको पहिलो र अन्तिम ठूलो फिल्म थियो ।

– पलले डोरोथीको कुकुरलाई विष दिएर मारे । डोरोथीप्रतिको रिस पोख्न यसो गरिएको थियो । त्यसपछि उनीहरूको सम्बन्ध अझ बिग्रँदै गयो । तर, यसबेलासम्म सम्बन्ध विच्छेद भइसकेको थिएन ।

– पलले डोरोथीको जासुसी गर्न थाले । र, १९८० मा डोरोथीको हत्या गरिदिए । पलले पहिला त डोरोथीको टाउकोमा गोली हाने । जब डोरोथी ढलिन्, त्यसपछि पल उनको निर्जीव शरीरसँग खेल्न र सम्भोग गर्न थाले ।

– यो जघन्य अपराध गरिसकेपछि उनी स्वयमले पनि आत्महत्या गरे । यही घटनामा आधारित दुई फिल्म बनेका छन् ।
(एजेन्सी)

Skip This
Skip This
Logo