अछाम, ११, कात्तिक

साँफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । "/>

साँफेबगर विमानस्थल निर्माण शुरु : १२ करोड लागतको अनुमान

साँफेबगर विमानस्थल निर्माण शुरु : १२ करोड लागतको अनुमान

केन्द्रबिन्दु
0
Shares

अछाम, ११, कात्तिक

साँफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । वि.सं. २०५८ देखि अवरुद्ध साँफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । १२ करोडको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले जानकारी दिए । वर्षाका कारण र दशैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्रगतिमा काम भइरहेको छ । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साफेबगर विमानस्थल सञ्चालनका लागि काम शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । स्थानिय व्यापारी पुरन कुँवर लामो समय देखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि व्यापार लगायत गतिविधि बढ्ने बताउँछन् ।

“यहाँको पर्यटन प्रवद्र्धनका लागि विमानस्थल सञ्चालनमा आउनुपर्छ,” उनले भने । स्थानीयवासी पशुपति कुँवरले विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने र छिटो छरितो रुपमा बिरामीले उपचार पाउने बताए । साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालनका लागि काम भइरहेको जानकारी दिए । विमानस्थल सञ्चालनमा आएपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने बताइएको छ । अछामको रामारोशन, वैद्यनाथधाम, खप्तड जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्नेछ । विमानस्थल दुई दशक देखि गौचरन र घाँसे मैदान बनेको थियो । रासस

Skip This
Skip This
Logo